झापामा पहिचानवादीहरुले कोशी प्रदेश लेखिएको बोर्डहरु मेटाएका ।



झापा बिर्तामोड ।

प्रदेश नम्बर १ पुन नामाङकन संयुक्त संघर्ष समितिले आज झापाका बिभिन्न ठाउँहरुमा गएर कोशी प्रदेश लेखिएको सरकारी कार्यालय का बोर्डहरु मेटाएका छन ।

प्रदेस नम्बर १ को नाम कोशी प्रदेश राखिए पछि पहिचानपक्षधर निरन्तर आन्दोलन गर्दै आएको छ भने आन्दोलन को क्रममा एकजनाको मृत्यु समेत भै सकेको छ।

आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष तथा प्रदेश नम्बर १ पुन नामाङकन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीको नेतृत्वमा गएको टोलीले कोशी प्रदेश लेखिएको बोर्डमा ‘किराँत–लिम्बुवान’ प्रदेश लेखेको थियो ।

प्रदशेसभाको बहुमतले कोशी प्रदेश नामाकरण गरेपछि पहिचानवादीहरु निरन्तर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत उनीहरुले स्वरुप फेर्दै सरकारी कार्यालयको बोर्ड संसोधन अभियान शुरु गरेको बताएका छन् । त्यस्तै कोशी नामाकरणको बिरोध गर्दै आएका पहिचानबादीहरुले कार्यालयका भित्ताभरी ‘नो कोशी’ लेखेका छन् ।