काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै प्रतिनिधि सभा बैठकमा बिरोध गरेपछि सभाको बैठक स्थगित भएको थियो। नेकपा एमाले का सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानमा ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका थिए।

प्रमुख प्रतिपक्षी दल एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभाको बैठकमा राजिनामा माग गर्दै रोष्टम घेराउ गरेका थिए भने सभामुख ले बैठक आधा घण्टाका लागि स्थगित गरेका थियो।

सरदार प्रितम सिंहले लेखेको पुस्तक रोड टु द भ्याली नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली धाएका कारण सम्भव भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर एमाले सांसद पन्तले सो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामा आघात पुगेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरेका थियो।

सांसद पन्तले‘प्रधानमन्त्रीज्यूले जे कुरा बोल्नुभयो, यो कुराले नैतिकताका आधारमा प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त नभएको बताए । पन्तले भने दिल्लीतिर नफर्किने नेपालतिरै फर्किने प्रधानमन्त्री चाहियो । जसले यो देशको स्वाभिमान, यो देशको गरिमा, यो देशको मर्यादालाई रक्षा गर्न सकोस तर बर्तमन प्रधानमन्त्रीले भारतको इसारामा मा चल्ने भएकोले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी समेत दीए , सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्तिमाथि मेचीदेखि महाकालीसम्मका नेपालीले प्रश्न गरेको भन्दै लेन्डुप दोर्जे को संङ्गा दिए।

यसअघि एमाले सांसदहरुले प्रधानमन्त्री दाहालको राजिनामा माग गर्दै राष्ट्रिय सभाको बैठक चल्न दिएका थिएनन्।


