शिक्षिकाको निर्घात कुटपिटका कारण ५ वर्षीय बालक घाइते



अजेन्द्र वाईबा तामाङ
जेष्ठ १ पाँचथर,। पाँचथरको फिदिम नगरपालिका–१४ लुङरुपा स्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा एल.के.जी.मा अध्यायनरत ५ वर्षीय बालक शेसेफुङ नेम्वाङलाई १,२ भन्न नसकेको भन्दै शिक्षिकाले निर्घात कुटपिट गरि घाइते बनाएको आरोप लागेको छ।


गत बैशाख ३० गते भएको उक्त घटनापछि बालकको शरीरमा निलडाम देखिएको परिवारले जनाएको छ। कुटाइबाट घाइते भएका शेसेफुङ नेम्वाङको हाल गणेशमान सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
विद्यालयका प्रिन्सिपल जसराज राईका अनुसार घटनामा संलग्न शिक्षिका सुमित्रा सेन्दाङ लिम्बूलाई विद्यालयबाट निष्कासन गरिएको छ। विद्यालय प्रशासनको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधि पुनः नदोहोरिने प्रतिबद्धता व्यक्त गरेको छ।
घटनापछि स्थानीय अभिभावक तथा सरोकारवालाले बालबालिकामाथि हुने शारीरिक दण्ड पूर्ण रूपमा बन्द हुनुपर्ने माग गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न समेत माग गरिएको छ।