अजेन्द्र वाईबा तामाङ
जेष्ठ ५,पाँचथर, नेपाल SBI बैंक लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिवधर आधारभूत विद्यालयमा अध्ययनरत १६ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

फिदिम नगरपालिका वडा नं. ५ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई झोला, कापी, पेन्सिल लगायत पठनपाठनमा आवश्यक सामग्री वितरण गरिएको थियो।
साथै विद्यालयका लागि पानी फिल्टर तथा भुईँमा ओछ्याउने कार्पेट समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक ईश्वर प्रसाद बास्कोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तमाया लिम्बू, वडा अध्यक्ष भरत तुम्बापोको तथा बैंकका शाखा प्रबन्धक प्रबिन श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै सहभागीहरुले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
Compose
Write to Ajendra Waiba Tamang


