विसं १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा बिच संन्धि भएको थियो , उक्त सन्धि जालझेलपूर्ण सन्धि भएको र लिम्बुवान भूमि को सार्वभौम नेपालमा गाभेको भन्दै बिगत देखि नै पुर्वको ९ जिल्ला बन्द गर्दै आइरहेका छन।
साउन २२ गतेलाई कालो दिन घोषणा गर्दै लिम्बुवान बन्द हुँदै आएको छ भने आज पहिचान पक्षधर बिभिन्न संघसंगठनहरुले पनि बन्दमा साथ दिएका छन ।
बन्द आव्हानमा राष्ट्रीय जनमुक्ति पार्टि, संघिय लिम्बुवान पार्टि नेपाल, संघिय खम्बुवान लोकतन्त्रीक पार्टि नेपाल, लिम्बुवान रास्ट्रीय समिति लोसपा, किरात खम्बुवान राज्य परिषद , किरात लिम्बुवान राज्य परिषद, लिम्बुवान रास्ट्रीय परिषद सहित कोशी प्रदेश नामकरणको खारेजीको विरोधमा बनाइएका ‘प्रदेश न.१ पुन नामकरण सम्युक्त संघर्ष समिति ‘ को पनि साथ रहेको युवा नेता सामिहाङ पालुङ्वाले बताए।
साउन २२ गतेको सन्धिले नै लिम्बुवानको सार्वभौम खोसिएकोले उक्त दिनलाई कालो दिन घोषणा गरिएको पनि उनले बताए।
बन्द आह्वानले मुख्य सहरको बजार क्षेत्र ठप्प रहयो र लामो दुरीको यातायात चलेन भने अत्यावश्यक सेवा एम्बुलेन्स, दुधको गाडी, दमकल लगायत मात्र चलेका थियो र बन्दकर्ताहरुले साँझ ५ बजेसम्म बन्द जारी राखेर कोणसभा आयोजना गरेर बन्द खुलाएको पालुङ्वाले जानकारी दिए।