अस्पताल र पीडित पक्षको छलफल निष्कर्षमा पुगेको छैन : अस्पताल प्रशासन



बिर्तामोड । झापाको बिर्तामोडमा रहेकोे मनमोहन अस्पतालमा भएको सुत्केरी प्रकरणमा पीडित र अस्पताल प्रशासन बीचको छलफल निष्कर्षमा पुगिनसकेको अस्पताल प्रशासनले बताएको छ ।

सञ्चार माध्यमहरुमा अस्पताल र पीडित भनिएका पक्षको सहमति भइसकेको भन्ने समाचार आएता पनि त्यो सत्य नभएको अस्पतालले जनाएको छ ।

गत साउन २७ गते प्रसूति गराउन बिर्तामोडको मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्षीया सिर्जना संग्रौलाको मृत्यु भएको भनिए पनि हाल बिर्तामोडकै विर्तासिटी अस्पतालमा रेफर गरेर भेन्टिलेटरमा राखेर उपचार भइ रहेको जननाईएको छ।यद्यपि बिरामीको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ। उता पीडित परिवारले भने मनमोहन अस्पतालका चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था गम्भीर हुनगएको बताउदै आएका छन् ।

मनमोहन अस्पताल पक्षबाट गल्ती स्वीकार गर्दै पीडित पक्षलाई २० लाख क्षतिपूर्ति दिने, उपचारमा संलग्न चिकित्सकलाई कारबाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गर्ने र नवजात शिशुलाई कक्षा १२ सम्म अध्ययन गराउने सहमति भन्ने कुरा गलत भएको बताइएको छ ।

यसअघि प्रकाशित भएको समाचारमा केही गलत सूचनाको विस्वासमा परि त्रुटिहुन गएकोमा सम्पुर्ण पाठक बर्ग समक्ष क्षमा चाहान्छौं । -दृश्य अनलाइन- सम्पादक