जसपाको १ नं. प्रदेश समिति पुनर्गठन: दिपक याक्खाको अध्यक्षतामा ५१ सदस्य समिति निर्माण



इटहरी । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को १ नम्बर प्रदेश समितिको पुनर्गठन शनिबार पार्टी कार्यलय इटहरमा सम्पन्न भएको छ। उक्त पुनर्गठन भर्खरै निर्माण गरिएको नयाँ विधान अनुरुप गरिएको हो।

नवगठित प्रदेश समितिको अध्यक्षमा दिपक याक्खा सर्वसम्मत ले चुनिएका छ्न्। ५१ जना सदस्य रहेको प्रदेश समितिका मुख्य सचीवमा घनश्याम कटुवाल निर्वाचित भएका छन्। समितिका उपा-ध्यक्षमा प्रेम वोनेम, दिपेश राई र सबिता यादव रहेका छन् भने सचीवमा हस्तशोभा राई, अनिल ठाकुर र घनराज लिम्बू निर्वाचित भएका छ्न् । त्यस्तै समितिका कोष अध्यक्षको रूपमा केशरमान गुरुङ रहेसंगै नौ जना पदाधिकारी निर्वाचित भएका छ्न्।

समिति पुनर्गठन संगै सदस्य हरु मध्येबाट तिन वाटा निकाय प्रमुख समेत तोकिएको छ । जस्मा निर्वाचान अयोग प्रमुखमा बिनोद नेम्बाङ, लेखा परिक्षण आयोगमा केवलराम राई र अनुशासन अयोगको प्रमुखमा नवीन राईलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै अन्य निकायको प्रमुख र विभागीय जिम्मेवारी हरु चाडै समितिको बैठक बसि टुंगो लगाइने अध्यक्ष याक्खाले बताए ।

कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय कार्यकारीणि सदस्य तथा प्रदेश १ का इन्चार्ज रकम चेम्जोङ रहेका थिए भने समिति पुनर्गठनमा समेत उनले सहजीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा अर्का केन्द्रिय कार्यकारिणी सदस्य तथा प्रदेश सह-इन्चार्ज पर्शुराम वस्नेत, राष्ट्रिय समितिका अध्यक्षहरु लगायत नेताहरुको उपस्थिती रहेको थियो ।