लागूपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा २० जना पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिएको थियो ।
बिर्तामोड–५ नयाँ बसपार्क र सुगमटोल गणपति मार्ग स्थित लागूऔषध प्रयोग गरेर रातदिन होहल्ला र सार्वजनिक स्थलमा अश्लिल गतिविधि गर्ने काम हुन थालेपछि समाज सुधार अभियान अन्तरगत टोलवासीले लागूऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको थियो।
स्थानीय सरकारको तर्फबाट पनि बिर्तामोडलाई लागूऔषध मुक्त बनाउन विभिन्न सचेतना कार्यक्रमहरू गर्दै आएता पनि शुधार मा भने खास्सै परिवर्तन नभएको र अब प्रहरी र स्थानिय सरोकार र स्थानियवासीको सकृयतामा यस्ता गतिबिधी हुन नदिने बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईँको भनाई छ।
पक्राउ परेका लागुऔषध प्रयोगकार्ता किसोरीहरु र बालकहरु का अभिभावक नभएका कारण बिर्तामोड ५ का वडा अध्यक्ष रोहित प्रसाईको पहलमा सुधारगृहमा पठाएका छन। त्यस्तै लागूऔषध कारोबारी पुष्टि नभएकाहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइएको छ भने अभिभावक नभएका १० जना किशोरी र ३ जना बालकलाई सुधारगृहमा पठाइएको डीएसपी सुरज कार्कीले जानकारी दिए ।