इलाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम जिल्ला समिति पुनर्गठन गरेकोछ। पुनर्गठित समितिको अध्यक्षमा छिकिन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् भने ३१ सदस्यीय जिल्ला समिति निर्माण भएको छ।
शुक्रबार ईलाममा सम्पन्न पुनर्गठन कार्यक्रमबाट जिल्ला समितको उपाध्यक्षमा धनसिंह राई र याम प्रसाद लिम्बू, सचिवमा सुवास राई चौरासे, उपसचिवमा खेमकुमारी राई (बिनु) र रोशन योङहाङ, कोषाध्यक्षमा राम लिङ्दम रहेका छन् ।
समितिको सदस्यहरुमा करसिंह राई, सञ्जय राई, प्रकाशचन्द्र राई, बल ब. आङ्देम्बे, सरोज राई, गंगा सुनुवार, रोशन राई, निमादोर्जे शेर्पा, कृष्ण खत्रि, शेरबहादुर लोक्ताम, रेनुका राई, लालबहादुर सुनुवार, सुरेन्द्र मोक्तान, मिलन सेरेङ लिम्बू, भानु राई, अर्जुन कुमार एक्तेन, राम कुमार राई, पूर्णचन्द्र फियाक, पुष्पा राई, दोर्जे तामाङ, बिनु राई, निवाता चावा र दिवस साम्बा रहेका छन् ।
नवगठित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि लोकसागर साम्बाले गोप्यनियताको सपथ ग्रहण गराएका थिए ।
जसपा इलाम जिल्ला अध्यक्ष कमल चाम्लिङको अध्यक्षतामा तथा जसपा केन्द्रीय सदस्य तथा ईलाम जिल्ला इञ्चार्ज लोक सागर साम्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य लासाङ तामाङ, प्रदेश नम्बर १ उपाध्यक्ष द्वय प्रेम वनेम र दिपेश राई, जसपन प्रदेश नं. १ निर्वाचन प्रमुख विनोद नेम्बाङ, प्रदेश १ सदस्य लिला बहादुर सुनुवार, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, लिम्बुवान राष्ट्रिय समितिका सचिव संजय राई खेलकुद समितिका अध्यक्ष बिनु राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जसपाले २०८०असार १० देखि १२ गतेसम्म विधान अधिवेशन सम्पन्न गरिसके पछि पारित विधान कार्यन्वयनको क्रममा प्रदेश समितिहरु रुपान्तरण सम्पन्न गरिसके पछि हाल जिल्ला समन्वय समितिहरुलाई जिल्ला समितिमा पुनर्गठन/रुपान्तरण गर्ने कार्यक्रमलाई तिब्रता दिइएको छ ।
कार्यक्रममा जसपा इलाम सचिव यामप्रासद लिम्बुको सञ्चालन रहेको थियो भने उपाध्यक्ष छिकिन तामाङले स्वागत मन्तव्य राखेका थिए ।