महेन्द्र कन्दङ्वा :
झापा । झापाको कनकाई नगरपालिका वार्ड नं. ७ मा रहेको दुर्गापुर बजारमा बुधबार सरसफाई अभियान सम्पन्न भएको छ । उक्त बजार सरसफाइ अभियान दुर्गापुर बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको हो ।
दुर्गापुर बजार सरसफाइ अभियानमा दुर्गापुर बजार ब्यबस्थापन समितिका अध्यक्ष श्री धनपाल कन्दङ्वा लगायत समितिका सदस्यहरु, कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेल, कनकाई वार्ड नं. ७ का वडा अध्यक्ष श्री भीष्मभुषण सिटौला लगायत जनप्रतिनिधिहरु, कनकाई ७ का पूर्व वडा अध्यक्ष तथा जनकल्याण समाजका अध्यक्ष लिला बहादुर कन्द्ङ्वा, किरात याक्थुङ चुम्लुङ् कनकाई नगर अध्यक्ष प्रेम कुमार फोम्बो, किरात भाषा लिपि प्रचारप्रसार समितिको नगर सचिव महेन्द्र कन्दङवा, साथै फक्ताङ्लुङ एजुकेसन फाउन्डेसनका शिक्षक इमानसिंह फ्याकको नेतृत्वमा आएका स्काउटका भाईबहिनीहरु लगायत दुर्गापुर बजार बासीहरुको उपस्थिति रहेको थियो । यस सरसफाइ कार्यक्रम श्रीजङ्गा सालिकबाट सुरु भएकोथियोे भने कार्यक्रम बजार परिक्रमा गर्दै, दुर्गापुर चौक, हुँदै पिपल चौक आएर अन्त्यमा श्रीजङ्गा चौकमानै पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा नगर प्रमुख पोखरेलले स्काउटका लिडर सृजना फ्याक लगायत सम्पूर्ण टिमलाई उक्त अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे। साथै उनले आफ्नो घर अगाडि आफै सरसफाइ गर्नु समेत बजार बासीमा अनुरोध गरे । त्यसै गरि वडा अध्यक्ष ले सबैलाई धन्यवाद ज्ञापन गर्दै आउदै गरेको वडा दशैको शुभकामना समेत प्रदान गरे। कार्यक्रमको अन्त्यमा दुर्गापुर वजार ब्यबस्थापन समितिका अध्यक्ष धनपाल कन्दङ्वा ले सरसफाइ अभियानलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे भने वडा सदस्य निर्मल आङ्थुपो र फक्ताङ्लुङ एजुकेसन फाउन्डेसनलाई विशेष धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।