फिदिम। जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिकाे पुनर्गठन शनिबार पाँचथरको फिदिममा सम्पन्न भएको छ। उक्त पुनर्गठन कार्यक्रम बाट जेन्टल लावती अध्यक्षमा चयन भएका छन् ।
पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एवं प्रदेश १ इञ्चार्ज रकम चेम्जोङकाे प्रमुख आतिथ्यमा सम्पन्न पुनर्गठन कार्यक्रमले लावतिको नेतृत्वमा ३५ सदस्यीय नवसमिति गठन गरेको जसपा पान्थर जिल्ला अध्यक्ष लक्ष्मण लावतिले बताए।
समितिकाे उपाध्यक्षहरूमा एविराज आङदेम्बे, सञ्जय मेवाहाङ राई, अग्निमाया मेचे, मुख्यसचिवमा केदार धिमाल, सचिवहरूमा अजित धिमाल, हेमराज जिमी, सुष्मा राई र कोषाध्यक्षमा टूपेन्द्र येक्तेन रहेका छन् । ‘अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश’ नाराका साथ अजिमा हाेटलमा आयोजना गरिएको कार्यक्रममा केन्द्र एवम् प्रदेशका नेताहरूकाे उपस्थिति रहेको थियो ।
केन्द्रिय सदस्य एवम् समितिका निवर्तमान अध्यक्ष खगेन्द्र माखिमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अरूण पूर्वका ताप्लेजुङ, पान्थर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, माेरङ र झापाका नेता कार्यकर्ताहरूकाे सङ्ख्यात्मक उपस्थिति रहेको थियो। पार्टीको असारमा सम्पन्न विधानसभाले १० जाेड एक राष्ट्रिय समितिहरूलाई कार्यकारिणी बनाउने निर्णयसँगै पुराना समितिहरूकाे पुनर्गठन एवम् अधिवेशन हुने क्रम चलिरहेको छ । पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन विस्तार , पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन भएको समितिका उपाध्यक्ष एविराज आङ्देम्बेले बताए ।