जसपा कोशी प्रदेश समितिले गर्‍यो जिम्मेवारी बाँडफाँड



इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ।

इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा प्रदेश सह-इन्चार्ज तथा पुर्व प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यमा सोमवार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका साथै विभागीय जिम्मेवारी तोकेको हो।

बैठकले उपेन्द्र लावती, बलबहादुर राई, मिना राई, गम्बु शेर्पा, राम माण्डुपा राई, कमन देवान, कृष्ण कटुवाल र देवकृष्ण यादवलाई प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ।

त्यसैगरी बैठकले प्रदेश समिति अन्तर्गतका विभागीय प्रमुखसमेत चयन गरेको छ। बैठकबाट संसदीय विभाग प्रमुखमा दीपक याक्खा‚ संगठन विभाग प्रमुखमा घनश्याम कटुवाल, पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुखमा प्रेम वनेम, प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखमा कमन देवान, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग प्रमुखमा दिनेश दंगाल, युवा तथा खेलकुद विभाग प्रमुखमा गौरीमान राई, विद्यार्थी विभाग प्रमुखमा भरत याक्खा र महिला विभाग प्रमुखमा शर्मिला आङ्देम्बे चयन भएका छन्। 

विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरुमा बलबहादुर राईलाई कृषि तथा सहकारी विभाग, उद्योग तथा वाणिज्य विभागमा लीला सुनुवार, शिक्षा विभागमा धनकुमार राई, स्वास्थ्य विभागमा विशाल आङ्देम्बे, सहकारी तथा गरिबी निवारण विभागमा हस्तशोभा राई, वन तथा वातावरण विभागमा राम माण्डुपा राई, बौद्धिक पेशाकर्मी विभागमा उपेन्द्र लावती, कानून विभागमा तेन्जिङ शेर्पा, संघीय मामिला तथा स्थानीय तह विभागमा गम्बु शेर्पा, राज्य व्यवस्था तथा सुशासन विभागमा सविता यादवलाई विभागीय प्रमुख तोकिएको छ।

बैठकबाट मधेश प्रदेश राष्ट्रिय समितिको सह-इन्चार्जमा मनोज यादव, किरात राष्ट्रिय समितिको सह-इन्चार्जमा रीता राई, लिम्बुवान राष्ट्रिय समितिको सह-इन्चार्जमा विष्णु लावतीलाई चयन गरिएको छ। उक्त प्रदेशअन्तर्गतका राष्ट्रिय समितिका इन्चार्जहरु यसअघिको बैठकबाट तोकिसकिएको छ।

त्यस्तै बैठकबाट आदिवासी जनजाति संयन्त्र प्रमुखमा धिरेन लावती, दलित संयन्त्रको प्रमुखमा भीम विक, मुस्लिम संयन्त्र प्रमुखमा सम्स तवरेज आलम, थारु संघको प्रमुखमा दीपक विश्वास थारुलाई जिम्मेवारी तोकिएको छ।

बैठकले पहिचानको आन्दोलनलक्षित आगामी संघर्षका कार्यक्रमसमेत अगाडि सारेको छ।