स्वर्णिम राई
धरानमा वाम्बुले राईहरुको २४ औं भाषा कविता प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा धरान उपमहानगरपालिका वडा नं ५ की रेनुका वाम्बुले राई प्रथम भएकी छन् ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) को २६ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजीत किरात राई यायोक्खा भवन धरानमा भएको प्रतियोगीतामा विभिन्न जिल्लाबाट सहभागी १२ प्रतिष्पर्धी मध्ये उत्कृष्ट घोषित रेनुकाले नगद १० हजार तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।
प्रतियोगीतामा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का कमल किराती दोस्रो भएका हुन उनलाई नगद ६ हजार र मानेभञ्ज्याङ–५ का श्याम वाम्बुले राई तेस्रो भएर नगद ४ हजार प्राप्त गरे । त्यस्तै धरान उपमहानगरपालिका–५ का जगतधन राई र विराटनगर महानगरपालिका–१२ की शुभकुमारी राईले नगद २ हजारका दरले सान्त्वना पुरस्कार जीतेको प्रतियोगीताका निर्णायक मण्डल संयोजक शुभराज राई (काजी)ले जानकारी दिए ।
विजेताहरुलाई प्रतियोगीताका प्रमुख अतिथि प्राडा.टङ्कप्रसाद न्यौपाने, वाम्रासका केन्द्रिय अध्यक्ष गजुरधन राई लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगीता सुरु हुनु भन्दा अघि वाम्बुले राई समाजको स्थापना दिवसका अवसरमा किरात राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई, धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली, यायोक्खाको भाषिक समूह तर्फबाट भूपी कोयी राई, पत्रकार हर्ष सुब्बा लगायतले शुभकामना व्यक्त गरेका थिए ।