बिर्तामोड नगरपालिका स्थित रहेको अव्यवस्थित केबलका तारहरु ब्यवास्थित गर्न भनि नगरपालिका ले ३५ दिने सुचना प्रकाशित गरेको थियो।
नेपाल विधुत्त प्राधिकरण र नेपाल टेलिकमले बिस्तार गरेका पोलहरुमा बिभिन्न इन्टरनेट केवल तथा टिभि केवालका तारहरु जथाभावी झुन्डयाई नगरको सौर्दयतालाई असर पर्ने गरी राखिएका तारहरु हटाउन ३५ दिने सुचना प्रकाशित गरेका थिए।
उक्त सुचना अवधि मा अब्यवस्थित तारहरु ब्यवस्थापन नगरे पश्चात बिर्तामोड नगरपालिका वडा नम्बर ५ शनिचरे रोडमा रहेका केबलका तारहरु वडा ५ का अध्यक्ष रोहित प्रसाईको उपस्थिति मा हटाइएको छ।