परिषद सदस्यमा हङकङ सरकारले चुन्यो अरुणा गुरुङलाई




हङकङ– जातिय अल्पसंख्यकको प्रतिनिधिको रुपमा हङकङ सरकारले मंगलबार अरुणा गुरुङलाई जिल्ला परिषद सदस्यमा चयन गरेको छ । हङकङ सरकारले उनलाई याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो । हङकङको जातीय अल्पसंख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै सरकारले गुरुङलाई जिल्ला परिषदमा नियुक्त गरेको हो । जिल्ला परिषद सदस्यको कार्यकाल चार वर्षको हुन्छ ।
पुख्र्यौली थलो कास्की पोखरा भएपनि हङकङमै जन्मेकी अरुणा गुरुङ लामो समयदेखि समाज सेवामा सक्रिय रहेकी छिन् । जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुन्। हङकङ सरकारले चयन गरेका १७९ जनामा गुरुङ गैरचिनियाँ अल्पसंख्यक समुदायबाट चयन गुरुङ एक्लो नेपाली प्रतिनिधि हुन् ।
हङकङ सरकारले सन २०२४ देखि ०२७ सम्मका लागि जिल्ला परिषद् सदस्य नियुक्तिको घोषणा गरेको छ । परिषद सदस्यमा चयन भएपछि गुरुङले भनिन्, ‘यो मेरो लागि मात्र नभएर समस्त नेपाली समुदाय र हङकङमा बसोबास गर्ने अल्पसंख्यकका पक्षमा काम गर्ने अवसर र चुनौतीको रुपमा लिएकी छिन् ।
३२ बर्षसम्म उनले क्याथे प्यासफिक एयरलाइन्समा काम गरेर तीन बर्ष अघिमात्र अवकास लिएकी थिइन् । यसवीचमा अरु धेरै सामाजिक क्षेत्रमा पनि काम गरिन् । उनले भनिन्, ‘अव मैले हङकङका अल्पसंख्यक नेपाली र अरु समुदायसंग सरकारको साथ लिएर काम गर्ने थप जिम्मेवारी पाएको महसुस भएको छ ।’ उनले आजसम्म गरेको कामको मुल्याङ्कन गरेर हङकङ सरकारले यति ठूलो जिम्मेवारी दिएकोमा खुशी बाड्न चाहेको बताइन् ।
स्थानीय क्यान्टोनिज भाषामा पोख्त गुरुङ प्यासिफिक एयरलाइन्समा इम्फ्लाइट सर्भिस म्यानेजर पदबाट अवकास लिएकी उनलाई यसअघि हङकङ सरकारले २०१२ मा ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पुरस्कारले सम्मानित गरेको थियो । सन २०२३ मा गुरुङको सामाजिक कामको मुल्याङ्कन गर्दै त्यहाको ‘दि हङकङ फेडरेसन अफ कमर्स फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज’ ले उनलाई एक लाख डलर बराबरको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ समेत सम्मानित गरेका थियो ।
उनी यसअघि हङकङ महिला अयोगको सदस्य, जातीय सद्भाव प्रवर्धन समितिको सदस्य र याउचिमोङ डिस्ट्रिकको फायर सेफ्टी कमिटि सदस्यका रूपमा सक्रिय थिइन् । (स्वर्णिम )