एमाले निकटको लोकतान्त्रिक आदिबासी जनजाती महासंघ कोशी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा ताप्लेजुङका हरि थलङ सर्वसम्मत निर्वाचित
नेकपा एमाले निकटको लोकतान्त्रिक आदिबासी जनजाती महासंघ कोशी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा ताप्लेजुङका हरि थलङ सर्वसम्मत निर्वाचित भएका छन !
मोरङको सुन्दरहरैचामा शनिबार सम्पन्न महासँगको प्रथम अधिबेशनबाट थलङको नेतृत्वमा १ सय १ सदस्यीय कोशी प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो ! अधिबशनले कमिटीको उपाध्यक्षमा ओखलढुङ्गाका मनिराज राई, सचिबमा सुनसरीका नुलाम राई(पशुपती), उपसचिबमा तेह्रथुमका धिरेन्द्र गुरुङ र उदयपुरको हिम कुमार मगर चयन भएका छन ! यस्तै कोषाध्यक्षमा झापाकी लक्ष्मी मेचे सर्वसम्मत चयन भइन !
अधिबेशनले मोरङ र सुनसरीबाट ३ महिलासहित ७/७जना, ईलाम र उदयपुरबाट दुई महिलासहित ५/५ जना, खोटाङ ओखलढुङा, भोजपुर र तेह्रथुमलगायत अन्य जिल्लाबाट १ महिलासहित ३/३ जना सदस्य सर्वसम्मत चयन भएका छन ! यस्तै, खुल्लाबाट १२ र भगीनि सङगठनहरुबाट २४ जना गरि १ सय १ सदस्यीय कमिटी चयन गरिएको महासङका नवनिर्वाचित सचिब नुलाम राईले जनाए ! कार्यक्रममा नेकपा एमालेका उपमहासचिब प्रिथिबी सुब्बा गुरुङ, स्थाई समिती सदस्य भानुभक्त ढकाल, शेर धन राई, शिवमाया तुम्बाम्फे, हिक्मत कार्की, महासङका केन्द्रिय अध्यक्ष पासाङ शेर्पालगायतको उपस्थिती रहेको थियो !