धनकुटा। जनता समाजवादी पार्टी, नेपाल ‘जसपा’ चौबीसे गाउँकमिटी धनकुटाको शुक्रबार पुनर्गठन सम्पन्न भएकोछ । पुनर्गठित समितिमा गणेश लिम्बूको अध्यक्षतामा २५ सदस्यीय समिति निर्माण भएकोछ ।
नवगठित समितिको उपाध्यक्षमा भुपाल सिंह लिम्बू , भक्तमान तुम्बापो रहनुभएको छ भने सचीवमा तारानन्द चेम्जोङ, सह-सचीवम आशिष लिम्बु र टङ्क बहादुर तामाङ तथा कोष अध्यक्षमा सुर्य कुमारी याक्खा निर्वाचित हुनुभएको छ ।
राजारानी स्थित पार्टीको चौबीसे गाउँकमिटीको कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश सदस्य ऐत चेम्जोङले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा पार्टीको जिल्ला कमिटी सदस्य कृष्ण गोविन्द चेम्जोङ, यज्ञ कुमारी लिम्बू, मनि सावा, भिम लावती लगायत नेता तथा कार्यकर्ता हरुको उपस्थिती रहेको थियो।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि चेम्जोङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।