जसपा झापाको पुनर्गठन हुने




जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला कार्य समिति पुनर्गठन हुने भएको छ ।

शनिबार झापाको बिर्तामोड स्थित चुम्लुङ हिममा केन्द्रिय सदस्य, प्रदेश र राष्ट्रिय समिति पदाधिकारी, सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, क्षेत्रीय र पालिका पदाधिकारीहरुको उपस्थितिमा पार्टीको पुनर्गठन हुने भएको हो ।

पुनर्गठन कार्यक्रमका लागि सम्पूणर् तयारी पुरा भएको जसपाको झापा जिल्ला कार्य समिति अध्यक्ष दिपेन बाला राईले जानकारी दिए ।

शनिबार मध्यान्ह १२ बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ ।