सुरेन्द्र खरेल (काजी) पाचँथर
मध्यपहाडी पुस्पलाल लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाँउपालिका वडा नं २ दोभानेमा रहेको पक्की पुल गत असार २ गते गएको बिनाशकारी बाढीले बगाएको थियो । केहि समय पछि स्थानीयबासीको जनश्रमदानबाट काठको मुढाहरु प्रयोग गरी पुल संचालनमा ल्याए पनि अहिले काठ मक्काउदै गईरहेको छ ।
अव बर्खा लागेपछि खोलामा पानीको मात्रा बढेसंगै अस्थाई पुल बगाएर बाटो अवरुद्व हुने निस्चित भएता पनि पुल बन्ने कुरा अझै अन्योल मै देखिन्छ।
नेपाल सरकारको गौरबको योजनामा रहेको मध्यपहाडी लोकमार्गमा केहि समय अगाडि नेकपा एमालेले झुलाघाट चिवा भन्ज्याङ्ग संकल्प यात्रा समेत गरेको थियो।
यो पुल नबन्दा अव बर्खाको समयमा फलैचा, च्याङथापु हुदै भारत सिक्किम सिमाना चिवा भञ्ज्याङ र ताप्लेजुङ सादेवासम्म जाने गाडीहरुलाई आवत जावतमा प्रत्यक्ष असर पर्नेछ ।
समृद्धिका बिगुल फिक्दै त्यही बाटो त्यही पुल यात्रा गर्ने वर्तमान सत्ताधारि सत्ता कै वरिपरि रहेका ठालु नेताहरुले त्यति व्यस्त सडकमा रहेको पुल बगाएको यत्तिका समय बितिसक्दा पनि कुनै सुरसार नहुनुमा हिजो आफ्नो अमुल्य मत दिने जनताहरुले त्यस क्षेत्रबाट जितेर गएका जन प्रतिनिधिहरुलाई के भन्नु पर्ने ?