भट्टराईले बाजीमारे १ तोला सुन



बिर्तामोड। नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद झापाले आयोजना गरेको दाेस्राे बिर्तामोड महाेत्सव २०८० मा खेलाइएको हाउजी खेलमा हाउसफुल (प्रथम) बिजेता भए संगै बिर्तामोड-३ का प्रयास भट्टराईले १ तोला सुन बाजि मरेकाछ्न् ।


सोमबार सांंझ हजारौंको उपस्तिथिमा खेलाइएको खेलमा भट्टराईले उक्त पुरस्कार जितेका हुन् । जित पछि उनलाई आयोजकले १ तोला सुन बराबरको रकममा २५% ट्याक्स् कटाएर रु.९०,०००/- नगद प्रदान गरेकोछ ।


गत माघ ९ गते बाट सुरु भएको महोत्सवमा सयभन्दा बढी व्यावसायिक स्टलहरु रहेको आयोजकले जनाएकोछ । नगर भित्रका १७ वटा जातिको जातीय पहिचान झल्किने गरिका स्टलहरु निर्माण गरिएको महासंघका नगर वरिष्ठ उपाध्यक्ष दिपेन्द्र चौधरीले बताए ।
त्यस्तै दैनिक रूपमा बेलुकी राष्ट्रिय कलाकारहरुबाट विशेष साङ्गितिक प्रस्तुति रहने पनि उनलेे बताए । सोमबार सांझ चर्चित गायक सबिन राई एन्ड बेन्डको भव्य प्रस्तुति रहेको थियो भने मंग्लवार सांझ गायिका एलिना चौहानको बेजोड प्रस्तुति रहेने समेत चौधरीले बताए ।