संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाको अध्यक्षमा आङ्थुपो



बिर्तामोड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रान्तीय समिति संघीय लिम्बुवान मञ्च, नेपालको झापा जिल्ला समिति पुनर्गठन भएकोछ । मंग्लवार बिर्तामोडमा अयोजित भेलाले राजा आङ्थुपो नेतृत्वमा ४१ सदस्यीय समिति पुनर्गठन गरेको पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर इङबुङ्ले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा अमित खम्बु, उपाध्यक्षहरुमा नारायण तामाङ, करन योङ्हाङ, प्रेम थेबे र विकास मगर त्यस्तै सचीवमा क्रमश:तिर्थ पौडेल, कृष्ण सेन्दाङ, विवेक सम्सोहाङ र कोष अध्यक्षमा प्रदिप राई चयन भएका छन् ।

पार्टीका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अवसरमा आजै जिल्ला पार्टी कार्यालय समेत उद्घाटन गरिएको थियो । त्यस्तै कार्यक्रमबाट जिल्लाका पाँचै वटा निर्वाचन छेत्रमा क्षेत्रीय इन्चार्जहरु समेत तोकिएको इङ्बुङ्ले बताए ।

Exif_JPEG_420