धरानका नगर प्रमुख हर्क साम्पाङको अभियानमा निर्माण हुन लागेको ’सुम्निमा–पारुहाङको प्रतिमाका लागि धरान–१३ का भारतीय गोर्खा भुपू लाहुरे अनेरी सुबेदार मेजर देश बहादुर राईले आर्थिक सहयोग रकम प्रदान गरेका छन !

धरान–२० स्थित चिण्डे डाडामा किरातीहरुको आदिम पुर्खा सुम्निमा-पारुहाङको प्रतिमा निर्माणका लागी राईले नगद १ लाख ११ हजार १११ रुपैया प्रदान गरेका हुन ! धरानको साकेला सास्कृतिक पार्कमा शनिबार सम्पन्न किरात राई यायोक्खा सुनसरीको १८ औ वार्षिक साधारण सभा कार्यक्रमा राईले सस्थाका अध्यक्ष राजेन्द्र राईलाई नगद रकम हस्तानतरण गरेका हुन !
प्रतिमा निर्माण अभियानमा आफुले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गरेको सुबेदार राईले बताए ! किरात राई यायोक्खा धरान–१३ द्वारा आयोजित किराती नयाँ वर्ष यलम्बर सम्बत ५०८४ को अवसरमा आयोजित ‘शुभकामना आदान प्रदान कार्यक्रम’मा राईले उक्त रकम दिने घोषणा गरेका थिए ! सुम्निमा–पारुहाङ प्रतिमा निर्माण’ अभियानमा आर्थिक सहयोग गर्न नगर प्रमुख साम्पाङले आग्रह गर्दै आएका छन् ।