नेपाली कांग्रेसका प्रभावशाली नेता, केन्द्रिय सदस्य एवं पुर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ ।
प्रोस्टेट क्यान्सर रोगबाट पीडित बुढाथोकीको बिराट मेडिकल कालेज बिराटनगरमा उपचारको क्रममा गए राती ११.३० बजे निधन भएको नेपाली कङ्ग्रेस झापाका सचीव कृष्ण हुमागाईले पुष्टि गरे । बुढाथोकी प्रोस्टेट क्यान्सर संगसगै मृगौला र फोक्सोको समस्याबाट पनि पीडित थिए ।

उनी पन्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री गरि दुई पटक मन्त्री भएका थिए ।
हाक्की स्वभावका बुढाथोकी पार्टी भित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा राख्दथे । उनको निधनसंगै सामाजिक सञ्जालहरुमा शुभचिन्तकहरुले दुःख ब्यक्त गरिरहेका छन् । उनको दु:खद निधन प्रति दृश्य अनलाइन परिवार भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।