दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल हुने




बिकास चाम्लिङ राई
धरान, २४ माघ : डिपो स्कुल तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ ।


वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यलयमा पत्रकार सम्मेलन गरि उक्ता प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने भएको छ । प्रतियोगितामा झापा, सुनसरी र मोरङ गरी करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी दिए ।

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल सहित प्रमाणपत्र प्राप्त गर्नेछन। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर हुने उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछन ।

डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वुले बताए ।
प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको अध्यक्ष लिम्वुले वताए । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान दिएको अध्यक्षले वताए ।

वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्यको क्रममा व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वुले मेजर श्रवणकुमार लिम्वुको योगदानको वारेमा प्रकाश पारेका थिए ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति फागुन १ सम्म रहेको र खेल तालिका फागुन २ गते तयार गरिने आयोजकले जानकारी दिएको छ ।