ईटहरी, माघ २३ गते । सुरक्षित इन्टरनेट दिवशकाे अवसरमा ईटहरीकाे कचना महादेव माध्यमिक विद्यालयमा सडक नाटक प्रदर्शन गरिएको छ ।
मंगलबार कचना महादेव माध्यमिक बिद्यालय , भ्वाइस अफ चिल्ड्रेन र इलाका प्रहरी कार्यालयकाे साझेदारीमा अनलाइन बाट हुने बाल यौन दुर्व्यवहार काे बारेमा सडक नाटक बाट प्रस्तुत गरिएको हो ।
अनलाईन बाट हुने बाल न्यूनीकरण गर्न र यसबाट हुन सक्ने जोखिम बारे बालबालिकाहरूलाई सचेत गराउन कार्यक्रम गरिएको भ्वाइस अफ चिल्ड्रेन साइबर सेफ्टी परियोजनाकाे अधिकृत लीला भुजेलले बताउनु भयो ।
सन् २०१९ देखि चाइल्ड सेफ नेटले सुरक्षित इंटरनेट दिवसको नेपाल सचिवालयकाे रूपमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्दै आएको छ।
सुरक्षित इन्टरनेट दिवसको उदेश्य भनेको नै ईन्टरनेट काे सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्न , बालबालिका तथा युवा वर्गलाई जोखिमहरू तथा त्यसबाट उनीहरूको लागि चेतना अभिवृद्धि गर्न का लागि गरिएको अधिकृत कार्की ले बताउनुभयो ।
सुरक्षित इन्टरनेट दिवश काे दिन मात्र नभएर भ्वाइस अफ चिल्ड्रेनले वर्ष भरी नै इटहरीका विद्यालयहरुमा अनलाइनबाट हुने यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी कार्यक्रम , शिक्षक अभिभावक संघ, बालअधिकार समिति हरुलाई पनि विभिन्न तालिम दिएर क्षमता विकासका कार्यक्रम गर्दै आएको कार्यक्रम सहायक प्रकाश परियारले बताउनुभयो ।
ईटहरी मा मात्र नभएर अहिले अनलाइन बाट हुने यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी कार्यक्रम धरानमा पनि सुरु गरिएको उहाँले बताउनु भयो ।
धरान ११ काे श्री ज्ञानोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको र धरान का सबै सामुदायिक बिद्यालय मा कार्यक्रम गरिने लक्ष्य लिएको उहाँले जानकारी दिनु भयो ।
नाटकका रचनाकार भ्वाइस अफ चिल्ड्रेन का भोलेन्टियर आशिका भुजेलले गरेका थिए । भने कलाकार मनिका परियार ,खुशी बिक,यशोधा कोइराला , खेन् राई , कोपिला दर्जी ,गुडिया दास, अनुष्का भुजेल ,निकिता सुवेदी, कृतिका गजमेर द्वारा नाटक प्रदर्शन गरिएको थियो ।
नाटक कार्यक्रममा ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी सहायक निरीक्षक शान्ती राई, सहायक हवल्दार रेवती माया लुइँटेल , विद्यालयका प्रधानध्यापक श्री हरि शंखर घिमिरे, सहायक प्रधानध्यापक पुण्य प्रसाद निरौला, भ्वाइस अफ चिल्ड्रेनका भोलेन्टियर,शिक्षक शिक्षिका , विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।