पहिचान पक्षधर र प्रदेश सरकारबिच वार्ता हुँदै



बिराटनगर । पहिचान पक्षधर र कोशी प्रदेश सरकार बीच आज वार्ता हुने भएकोछ । विराटनगरको एक होटलमा दिउँसो ३ बजे देखि वार्ता हुने संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले बताए।

प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै गत फागुन १८ गते बाट आन्दोलनमा रहेको प्रदेश नम्बर–१ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

माघ ६ गते बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो ।