झपा फाल्गुन ७ ।
झापाको भद्रपुर नगरपालिकाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
सोमबार बेलुका अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ मेचीपुलमा भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प ६२ नं. को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा चालक बिर्तामोड–५ का २९ वर्षिय सुरज कुंवर र पछाडी सवार सोही स्थानका ३४ वर्षीय सुरेश श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त मोटरसाइकलको बाँया साइडको इन्डिकेटर भित्र लुकाई राखेको प्रतिबन्धि लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम २२ मिलिग्राम फेला परेकाले मोटरसाइकलसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको छ ।