धरानमा ‘गोर्खा वारियर’को भव्य रेडकार्पेट प्रिमियर




धरान, ब्रिटिस गोर्खाली सैनिकले मलायामा लडेको युद्धको कथामा आधारित ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’को धरानमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ ।
आज दिउँसो धरानमा पञ्चेबाजा तथा विभिन्न जातजातीका सांस्कृति झाँकी र बाजागाजा सहित बजार परिक्रमा गरेर चलचित्रको रेडकार्पेट प्रिमियर गरिएको हो । धरानको छाताचोकबाट निस्किएको लिम्बु, राई, तामाङ, नेवार लगायत विभिन्न समुदायको पहिरन र बाजा गाजा तथा लाहुरे तालिम केन्द्रको ¥यालीले पुरानो बजार, भानुचोक हुँदै धरान–८ स्थित फ्रेन्ड सिनेमामा पुगेपछि कलाकार र अतिथिहरुलाई रेड कार्पेटमा हिडाएर हलसम्म पु¥याइएको थियो ।

चलचित्र प्रदर्शन अघि सफलताको शुभकामना व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसारमा पहिचान बनाउन सफल वीर गोर्खालीको कथा फेरि गोर्खा वारियर चलचित्र मार्फत संसार माझ पु¥याउन खोजिएको भन्दै सफलताको कामना व्यक्त गरे । उनले भने, ‘हामीले पढेको र सुनेको गोर्खालीको वीर गाथा अब पर्दामा हेर्न पाउँदा खुसी लागेको छ ।’

कार्यक्रममा शुभकामना व्यक्त गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले लाहुरेको कथामा बनेको चलचित्र लाहुरेकै सहरमा भव्य प्रिमियर शो भएकोमा धन्यवाद ज्ञापन गरे । उनले भने ‘गोर्खालीको कथामा बनेको यो चलचित्रले अन्तर्राष्ट्रिय रुपमा सफलता पाओस् ।’
मिलन चाम्सले निर्देशन गरेका चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । रेडकार्पेट प्रिमियरमा कलाकारहरु पनि सहभागी थिए । चलचित्र फागुन ११ देखि सार्वजनिक प्रदर्शन हुर्ने निर्देशक मिलन चाम्सले जानकारी दिए ।
रेडकार्पेट प्रिमियरमा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा, कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत प्रदेशसभा सदस्य विजयकुमार राई,प्रतिनिधिसभाका निवर्तमान सदस्य जय कुमार राई लगायतको उपस्थिति थियो ।