प्रतियोगितामा सहभागी पालिकाका प्रमुखहरूलाई भलिबलको माला




वीरेन्द्रनगरमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा गरिएको प्रतियोगितामा मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । प्रतियोगितामा प्रदेशका १० वटा स्थानीय तहहरू सहभागी बनेका छन् ।
सहभागी हुनेमा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, जुम्लाको तातोपानी, कालिकोटको तिलागुफा गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ, गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, मुगुको सोरु र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् ।
जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई प्रत्येक जिल्लाका एक पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका पालिकाका प्रमुखहरूलाई परिषद्ले भलिबलको माला लगाई सम्मान गरेको छ ।