झापामा वनभोज खाएर फर्कदै गरेको बस दुर्घटना, १० जना घाइते



झापा । झापाको दोमुखामा वनभोज खाएर फर्कदै गरेको स्वास्थ्य कर्मी सवार बस पुर्वपश्चिम् राजमार्ग अन्तर्गत शिवसताक्षी १० किरात चोकमा शनिबार दिउँसो ४:५५ बजे दुर्घटना भएको छ ।

दुर्घटना बाट १० जना सामान्य घाइते भएको र एक जनाको हात भाचिएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि उर्लाबारी स्थित अरनिको हस्पिटल पठाएको समते उनलेे बताए ।

दमक र उर्लाबारीका स्वास्थ्य कर्मिहरु सामुहिक रूपमा वनभोज खाएर फर्किएका को १ ख ६३०५ नम्बरको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा उनले स्ट्रीङ लक भइ दुर्घटना भएको भनेर बताएको पनि निरीक्षक बुढाथोकिले दृश्य अनलाइनलाई बताए ।