धरानः धरान एक्स्पो २०८० को चौथो दिन आज म्युजिकल ब्याण्ड ‘द इलिमेन्ट्स’ आउने भएका छन् । धरानमा ११ गते देखि सुरु भएको सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित रङ्गशाला जारी भईरहेको धरान एक्स्पो २०८० को चौथो दिन आज म्युजिकल ब्याण्ड ‘द इलिमेन्ट्स’ को भव्य प्रस्तुति हुने भएको छ ।

सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै धेरैले रुचाइएको ब्यान्ड हो । नेपाली इन्डी÷अल्टरनेट जर्नको साङ्गीतिक प्रस्तुति दिने इलिमेन्ट्सका ‘बिर्सिने हौ, ‘पुतली’, ‘सीमाना’, ‘अपरिचित’ जस्ता धेरै गीतहरु चर्चित छन् ।

दिपेश गुरुङ ,रौनकसिंह अधिकारी इशान राज वोन्त,रहेको सम्मिलित ‘द इलिमेन्ट्स’ले अहीलेसम्म बजारमा सात वटा एल्बम ल्याइसकेको छ । ‘द इलिमेन्ट्स’ मुख्य आकर्षण रहने धरान एक्स्पो २०८० मा साझ ६ः०० बजेदेखि साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए् । इलिमेन्ट्ससंगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने संयोजक श्रेष्ठले जानकारी दिए ।