धरान १८ वडा कार्यलय द्धारा दलित महिला संजाललाई कार्यलय सामग्री प्रदान




धरान उपमहानगरपालिका १८ न. वडा कार्यलयले दलित महिला संजाल धरान नगर कमिटिलाई कार्यलय प्रयोजनका लागि कार्यलय सामग्री प्रदान गरेको छ ।
१८ न. वडा कार्यलयले शुक्रवार आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री हस्तान्तरण गरेका हुन । कार्यलयले करिव ४० हजार रुपैया वरावरको एक थान अफिस टेवल, स्टिल दराज एक थान र कुस्री एक थान प्रदान गरेको छ । कार्यक्रमका सभ
अध्यक्ष १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई, प्रविणले संजालका अध्यक्ष सुनिता सेन्चुरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।
दलित महिला संजाल संस्था दलित महिलाहरुको हक, हितका लागि २०७५ सालमा स्थापना भएको संजालका सल्लाहकार सकुन्तला त्रिखत्रीले जानकारी गराए। संस्था स्थापना भएपनि संस्था संचालनका लागि कार्यलय कोठा नभएपछि धरान ११ स्थित आफ्नै घरको एक कोठा कार्यलय प्रयोजनका लागि प्रयोग गरिरहेकि छन ।
गत बर्ष पनि १८ न. वडा कार्यलयले नै कार्यलयका लागि कुर्सी प्रदान गरेको थियो । महिला संजाल संस्थामा धरान उपमहानगरपालिका भरिका दलित महिलाहरु आवद्ध रहेको उनले वताए । सहयोग हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ नं वडा सदस्य जमुना त्रिखत्रि , दिलकुमारी राइ देवान चाम्लिङ, र वडा सचिव धर्मराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।