रमेश फोम्वोलाई पाचौ मिस्टर. भिजन उपाधि




धरान ,भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरीय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले पाएका छ्न ।
धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा संपन्न मि. भिजन प्रतियोगिताको फाइनल चरणमा तिन जना प्रतिश्पर्धिलाई पछि पार्दै फोम्वोले उपाधि जितेका हुन । फोम्वो ६० तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो उपाधि एनि टाइम फिटनेसका उमेश राई भए । उनि ७५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि ५५ केजि तौल समुह वाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशालाका अनुप लिम्वु तेस्रो र ६५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्वु चौथो भए । उनिहरुले क्रमशः जनहि १५ हजार १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको व्याक्तिगत उपाधि तर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जितेका छन । उनिहरुलाई जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजि तौल समुह वाट १८ जना खेलाडिहरुले प्रतिश्पर्धा गरेका थिए । भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा संपन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगदरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १६ नं वडा अध्यक्ष मुरारि भट्टराई, १ न.वडाध्यक्ष यज्ञमनि आचार्य, १० न. वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनित प्रधान र सिता राई श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा पत्रकारीता मार्फत धरानको खेलकुद विकाशमा योगदान पुर्याए वापत नेपाल फोटो पत्रकार महासंघ सुसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनसले सम्मान गरेको छ । उनलाई भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले खदा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो