गायक नवराम राईको उपचारको लागि जुट्यो सहयोग रकम




धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान १८ रत्न चौक निवासी हाल हङकङ वसोबास गर्दै आएका महाप्रसाद राई द्धारा ९९ सय हजार ५ सय रुपैया सहयोग प्रदान गरेको छ ।
सहयोग रकम महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईकै घरमा पुगेर सोमवार हस्तान्तरण गरेका छन । महाप्रसाद राईले हङकङ स्थित आफु काम गर्ने कंपनी गेमन प्लान्ट डिपार्टमेन्टका सहकर्मीहरु संग सहयोग रकम संकलन गरि नेपाल पठाएका उनका कान्छा भाइ नविन राईले जानकारी गराए ! लोकप्रिय गित “गुरासको फेद मुनि, सम्झनाको छाया” गितका गायक हुन नवराम राई । लामो समय धरान १७ रत्नचौक वसेका हाल राई ११ नं वडा स्थित रिटिङमा वस्दै आएका छन । राईको दुवै मृगौलामा समस्या देखिएको छ । उनि करिव दुई हप्ता विपि अस्पतालमा उपचार गराई भर्खरै डिस्चार्ज भएर घरमै आराम गरि रहेका छन । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको वताउछन । थप उपचारको लागि वाहिर लान परे पैसा नभएको उनले वताए । उनले सहयोगका लागि संचारमाध्यम वाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन । लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गित आफै गाइसकेका छन भने केहि गितमा संगित भरेका छन ।