धरान फागुन २६ः धरानमा आजबाट सुरु भएकोे २४ औ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब सेमीफाइनलमा प्रबेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा छिमेकी राष्ट्रको युनाइटेड खार्साङ फुटबल क्लब भारत र धरान क्लब आयोजक टिम बिच भएको प्रतिस्पर्धामा ब्रेक पछी १३ औं मिनेटमा धरान फुटबल क्लबका मिलन राईले गोलको खाता खोलेपनि खेलको ३४ औं मिनेटममा खार्साङका नयम प्रधानले खेललाई बराबरमा पु¥याएपछि समय अवधिभर गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो ।
बुढासुब्बा खेलमा युनाइटेड खार्साङ फुटबल क्लब भारतलाई धरान फुटबल क्लब आयोजक टिमले १०–९ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ ।
उद्घाटन खेलमा धरान फुटबल क्लबले युनाइटेड खार्साङ फुटबल क्लब भारतलाई १०–९ गोलको अन्तरले हराएसंगै युनाइटेड खार्साङ फुटबल क्लब भारत पहिलो चरणबाटै बाहिरिएको हो ।
ट्राइबेकरमा १०–९ गोल अन्तरले हराएका धरानले दोर्जे तामाङ, बिजय राई, अनिल राई, रोमन राई, मिलन लिम्बु, ईन्सोन राई, सुगम जिमि, प्रविन भुजेल, सचिन श्रेष्ठ, रिवस मास्के, र मिलन राई, खर्साङ भारतका तर्फबाट सत्यम क्षेत्र, वाङचेन तामाङ, सिद्धान्त क्षेत्री, दिवाकर चौधरी, नयन प्रधान, राहुल बुरमान, सचिन थापा, बिरेन प्रधान, र रुपक कोयाले मात्र गोल गर्नुभएको थियो । भारतका तर्फबाट प्रशान्त राई र एनथोनी क्षेत्रीले गरेको प्रहार गोल हुन सकेन ।
प्रतियोगितामा धरानका गोल किप्पर सचिन श्रेष्ठ म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । धरान १६ रंगशालामा आयोजना गरिएको २४ औं संस्करणका बुढासुब्बा गोल्डकपको उद्घाटन कोशि प्रदेश खेलकुद संघका अध्यक्ष किशोर राई, धरान फुटबल क्लब धरानको अध्यक्ष प्रताप तामाङ, धरानका निवर्तमान नगर प्रमुख तिलक राई लगाायत धरानका जनप्रतिनिधिहरुले गरेका थिए ।
भोलिको खेल एनआरटी क्लब काठ्माण्डौ र त्रिभुवन आर्मी क्लब काठ्माण्डौ बीच हुने आयोजकले जनाएको छ ।