धरान । धरानमा जारी २४ औ बुढासुब्बा गोल्डकपको २४औ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधीको लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसियसनबिच प्रतिस्पर्धा हुने भएको छ !
एक पटक उपाधी पाईसकेको एनआरटी दोस्रो पटक उपाधी नजिक पुगेको छ भने मोरङ फुटबल एशोसियसन पहिलो पटक फाइनल पुगेको हो ।एनआरटी बुढासुब्बा गोल्डकपको १० औ सस्करणको बिजेता बनिसकेको आयोजकले जानकारी दिए ।
बिभागीय त्रिभुवन आर्मी र गत बर्षको उपबिजेता काकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटीले दोस्रो पटक उपाधी जित्ने दाउमा छ । यो सिजनमा ४ वटा प्रतियोगितामा फाइनल खेलको अनुभबलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने भएको एनआरटी टिमका म्यानेजर राकेश लामाले जानकारी दिए !
यत्ता चार पटकको बिजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउदै पहिलो पटक फाइनलमा पुगेको मोरङ पनि उपाधी जित्ने दाउमा छ । ए डिभिजन लिग खेलिसकेका अनुभबी खेलाडी समाबेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभबी र कडा प्रतिस्पर्धीको रुपमा लिएको बताए । युवा खेलाडी आफुहरुको टिममा भएकोले उपाधी जित्न सक्ने उनको भनाई छ !
धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रंगशालामा हुने फाइनल खेलको बिजेताले ट्रफीसहित नगद रु. १० लाख र उपविजेताले नगद रु .५ लाख पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा शहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज क्लब सहित ८ टिमको सहभागिता रहेको थियो