२१ बर्षिय सुमना श्रेष्ठ हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ




धरान , सुमना श्रेष्ठको हत्याको आरोपमा धरान १६ का १९ बर्षिय सविन भनिने बाबुराम भुजेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो छ । आज शुक्रबार ईलाका प्रहरी कार्यलय धरानमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्याका आरोपि भुजेललाई घटनाको सुचना पाएको २४ घण्टा नबित्दै धनकुटाको मुलघाटबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार खुकुरीको प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी बिपिन रेग्मिले बताए ।
हत्या गरिएको श्रेष्ठ र हत्या आरोपि भुजेलबिच २ बर्षदेखी प्रेम सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ । तर, गत पौष यता श्रेष्ठ अर्का युबक प्रदिप श्रेष्ठसँग चिनजान भएर नजिकिएपछी उनिहरुबिच सम्बन्ध बिग्रिएको र त्यही कारण योजनाबद्द रुपमा श्रेष्ठको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको एसपी रेग्मिको भनाइ छ ।
प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत सार्वजनिक गरेको छ । गएको चैत्र ६ गते राती हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान र डिपोट स्कुलबिचको खोल्सामा फालिएको अवस्थामा शब अर्को दिन फेला परेको थियो ।