सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि युके वाट २ लाख ११ हजार सहयोग,



बिकास चाम्लिङ राई,
धरान ,सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि धरान १८ रत्नचौक निवासी हाल युके वस्ने ध्यानवहादुर राईको परिवारले दुई लाख ११ हजार रुपैया सहयोग प्रदान गरेको छ ।
सहयोग रकम शुक्रवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईको कार्यकक्षमा धरान १८ न. वडाध्यक्ष प्रविण राई द्धारा सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका उपाध्यक्ष राजेन्द्र राई र कोषाध्यक्ष दत्त लिम्वुको हातमा हस्तान्तरण गरेका थिए । सुम्निमा पारुहाङ प्रतिष्ठान, नेपाल सुम्निमा पारुहाङ निर्माणका लागि गठन गरिएको संस्था हो !
वडाध्यक्ष राई सहयोगी ध्यानवहादुर राईका छोरा हुन । सहयोग रकम वडाध्यक्ष राईका वुवा हाल युके वस्नु हुने ध्यानवहादुर राई, उनको श्रीमती पत्थरकुमारी राई, जेठा दाजु काजि राई र हाल हङकङ वस्नुहुने कान्छि वहिनी शान्ता राई द्धारा पठाएका हुन । हाम्रो परिवार वाट मेयर हर्क साम्पाङको विभिन्न अभियानमा गरि करिव ७ लाख रुपैया सहयोग गरिसकेको राईले जानकारी दिए । आफ्नो परिवारले केहि समयमा नै आफ्नो वाजे प्रतिध्वज राई र वोजु विर्जमाया राईको नाममा धरान उपमहानगरपालिकालाई एम्वुलेन्स समेत सहयोग गर्न लागेको जनकारी दिए । धरान उपमहानगरपालिकाका विपन्न र असहाय जनसमुदायहरुको लागि एम्विुलेन्स सहयोग गर्न लागेको वडाध्यक्ष राईले वताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा मेयर हर्क साम्पाङ, समाजसेवि शिव वान्तावा राई, २० न. वडाध्यक्ष पदम लिम्वु लगायतको उपस्थिति रहेको थियो । सुम्निमा पारुहाङको प्रतिमा धरान २० स्थित चिन्डे डाडामा जनसमुदाय वाट सहयोग संकलन गरि निर्माण गर्न लागेका हुन ।