भोजपुर, भोजपुरकी बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुगेका शिवमाया कार्की । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छन् उनको दैनिकी जस्तो बनेको छ । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनले बताए । उनले पैतालीस वर्षअघिदेखि बदामको व्यापार गर्न थालेकी थिइन ।
“धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्ने गरेको उनी वताउछीन् । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।” जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने गरेको उनले बताए । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको वताउछन् । आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उनले जानकारी दिए । उनले बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छन।
किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताए । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उहाँले बदाम बेच्दै आएकी छन् । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरे ।
विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ । “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ ।