गायक नवराम राई उपचारको लागी युकेवाट २ लाख ३६ हजार ५सय ६० रुपैया सहयोग




विकास चाम्लिङ राई,
धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हाल युके वस्नु हुने धरान १७ र १८ हाम्रो रत्न चौक परिवार वाट २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग प्रदान गरेको छ ।
सहयोग रकम हाम्रो रत्नचोक परिवार समाज अध्यक्ष उद्धव राई, धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लहकार नरेन्द्रकुमार राई, प्रविण, सल्लाहकार वालकुमार राई, उपाध्यक्ष तारा राई, शुक्र राई, सचिव नविन राई लगायतले गायक राईकै घरमा पुगेर शुक्रवार हस्तान्तरण गरेका छन । सहयोग रकम रत्नचोक निवासी हाल युके वस्नुहुने पदम राईको नेतृत्वमा संकलन गरि नेपाल पठाएका हुन ।
गुरासको फेद मुनि, कालो कालो रातको, वोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया गितका गायक हुन नवराम राई । लामो समय धरान १७ रत्नचौक वसेका हाल राई ११ नं वडा स्थित रिटिङमा वस्दै आएका छन । राईको दुवै मृगौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार गायक राइले हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । थप उपचारको लागि वाहिर लान परे पैसा नभएको उनले उनी वताउछन । उनले सहयोगका लागि संचारमाध्यम वाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका थिए । लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गित आफै गाइसकेका छन भने केहि गितमा संगित भरेका छन ।
तस्विरः बिकास चाम्लिङ राई