बिर्तामोड । महोत्सव होस वा अन्य कुनैपनि संस्था सबै क्षेत्रमा सुरक्षाको अवस्यक्ता हुन्छ। त्यो भन्दा सुरक्षाको प्रत्याभुती गराउने जिम्मा अझै महत्वपुर्ण हुने गर्छ। डीडी सेक्युरेटि सर्भिस प्रा.लि.ले यो जिम्मा पुर्वाका विभिन्न क्षेत्र र संस्थाहरुमा केही समय यता देखि लिदै आएको छ।

उत्कृष्ट सेवा प्रदान गर्दै आएको डीडी सेक्युरिटी सर्भिस प्रालिले यतिवेला झापाको बिर्तामोडमा गत फागुन ५ गते देखि संचालन भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सुरक्षाको जिम्मा लिएको छ।
DD सेक्युरिटी सर्भिस प्रालीले बिर्तामोडको बर्सपार्कमा गत बर्ष बाट साखा कार्यलय संचालन गरि पुर्बका विभिन्न संघ संस्था तथा कर्यक्रमहरुमा सुरक्षा प्रदान गर्ने काम गर्दै आएको छ। हाल बिर्तामोडमा संचालन भैरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा सुरक्षाको जिम्मा लिएर प्रहरी प्रशासनसंगको समन्वय गर्दै उत्कृष्ट सेवा सुरक्षा प्रदान गरिरहेको छ।
महोत्सबमा ४८ जना सुरक्षा गार्ड सुरक्षाको लागि खटिएका छन् । जस्मा गार्डहरुले महोत्सबका चारैतिर रहेर सुरक्षा प्रदान गरिरहेका छन। नेपाल अधिराज्य भरी सेवा दिने DD सेक्युरिटी गार्ड प्रली बि. स. २०६८ सालमा स्थपना भएको थियो ।


