सेउती पानीपिया सडक एकतर्फी कालोपत्रे सम्पन्न




धरान , प्यासिफिक कन्सट्रक्सन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुइलेन सडकको कालोपत्रे हुन अव ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुलेपछी यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई आवतजावत गर्न सहज भएको छ !


२०८० सालको असारसम्ममा काम सम्पन्न गर्नेगरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरुले कष्टकर यात्रा गर्नु परेको थियो । विराटनगरको रानी धरान ६ लेनको सडक अन्तर्गत तरहरा ( धरानको करिव १० किलोमिटर सडकमा २५ सय मिटर बाँकी थियो । एक तर्फीको वाँकी रहेको दुई किलोमिटर सडक मंगलबार पुरा भएको छ भने बाँकी ५ सय मिटरको कालो पत्रे पनि चाडै सम्पन्न हुने कम्पनीका सिनियर ल्याव टेक्निसियन अनिल देवकोटाले जानकारी दिए । एकतर्फी सडक पिच भए पछि आज साँझदेखि नै सवारी आवत जावत गर्न सुरु भएको छ ! 
वर्षौदेखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेका थिए । मंगलबार सुनसरी क्षेत्र नं। १(२)का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत विजय राई, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान उपमहानगर सह इन्चार्ज टिका माङ्ले, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं। वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठलगायतको टोलीले सडकको अनुगमन गरेका थिए । 
एक तर्फीको दुई लेनको कालो पत्रे पुरा भइ सडक खुले पछी ठुलो राहत भएको मजदुर नेता भीमज्वाला राईले वताए ।
२०८० असारसम्ममा सबै सडक निर्मणा सकिने गरि काम भइरहेको डिभिजन प्रमुख इन्जीनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए । यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।