धरान , २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।
धरान फुटबल क्लबको आयोजनामा गत फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिएको प्रतियोगिताको आय व्यय विवरण आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
कोरोना संक्रमण लगायत आर्थिक मन्दीका कारण ओरालो लागेको खेलकुद क्षेत्र विस्तारै तंग्रिन थालेको छ । विगतमा आर्थिक अभावकै कारण प्रतियोगता नै आयोजना हुन नसक्ने अवस्थाका क्लबहरुले धमाधम आयोजना गर्नेमात्र हैन प्रतियोगिताबाट थोरै भए पनि मुनाफा गर्ने गरेको पाइएको छ ।
यसको प्रत्यक्ष उदाहरणको रुपमा धरान फुटबल क्लबललाई लिन सकिन्छ । अधिवेशनपछि चयन भएका नयाँ कार्यसमितिले अढाई महिनाको समयवधिमा ठूलो कसरत गरेर सम्पन्न गरेको प्रतियोगिताबाट यस बर्ष विगतका बर्षहरुमा भन्दा मुनाफा बढी भएको जनाएको छ ।
प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेका विवरणमा आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५८ लाख ९५ लाख ६ सय रुपैया रहेको थियो । १७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत देखिएको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डबाटबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैया प्राप्त नभए पनि यो रकम सुनिश्चित रकम रहेको क्लबले जनाएको छ ।
गत बर्ष अर्थात २३ औं संस्कारणमा क्लबले १२ लाख रुपैया मात्र बचत गर्न सफल भएको थियो । छोटो समयमा टिमवर्क र खर्च मितव्ययितालाई ध्यानमा राखेका कारण आम्दानी उत्तिनै भएपनि खर्च कटौति हुदा मुनाफा देखिएको क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।
वगतका बर्षहरुमा खर्च कटौती गर्न नसकेकै कारण आम्दानी भएपनि थोरै मुनाफा हुने गरेको र यस बर्ष भने पुरस्कारबाहेका अन्य खर्चमा मितव्यायितता अपनाइएको क्लबकका महासचिव नविन राईले बताए । आम्दानी थोरै भए पनि खर्चलाई जति सक्दो घटाउन सकेमात्र मुनाफा बढाउन सकिने उनको भनाई थियो ।
नेपालको अर्थतन्त्र ओरालोतर्फ उन्मुख भएको समयमा नयाँ कार्यसमितिले छोटो समयमा २४ औं संस्कारण गर्न सकेकोमा अग्रज पत्रकार एवम् पहिलो संस्करणबाट बुढासुब्बाको रिपोर्टिङ गर्दै आएका हर्ष सुब्बाले बताए । उनले नयाँ कार्यसमितिको मेहनतसँगै देशविदेशबाट आएको सहयोगले यस बर्षको २४ औं संस्कार सम्पन्नमात्र हैन मुनाफा गरेर राम्रोसँग सम्पन्न गरेको पनि बताए ।