वैशाख २९ देखि दोस्रो अल्फा विटा ओपन बास्केटवल हुने




धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ
सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसै गरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडिहरुको हौसला वढाउन पुर्व बास्केटवल खेलाडि तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थी्र पोइन्ट कम्पिटिसन हुन लागेका हुन । थी्र पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियेगितामा  धरान २ स्थित अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्ट मूख्य प्रायोजकको रुपमा रहेको छ । अल्फा विटाले स्वदेशि तथा वैदेशिक अध्यनका लागि परार्मश गर्नुका साथै अध्यनका लागि तयारि कक्षा संचालन गर्दछ ।
 सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा विटाको सभा हलमा संपन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न. वडाका वडाध्यक्ष विवेक राई, अल्फा विटाका प्रोपराइटर सन्जिव वान्तावा, अग्रज पत्रकार हर्ष सुव्वा लगायतको उपस्थिति रहेको थियो ।