लायस्न जगत गुरुङ्ग द्धारा श्री माविलाई सहयोग प्रदान




धरान , लायन्स क्लव अफ धरान विजयपुरका पुर्व अध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत वहादुर गुरुङ्ग द्धारा धरान १७ स्थ्ति श्री माध्यमिक विद्यालयलाई १२ थान पंखा सहयोग गरेका छन ।
गुरुङ्गले आफ्नो दिवंगत श्रीमति प्रेमकुमारी गुरुङ्गको स्मृतिमा मंगलवार विद्यालयमा नै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

करिव २५ हजार रुपैया वरावरको सहयोग सामग्री जगतवहादुर गुरुङ्ग, उनको छोरी लायन्स लिडर रेखा गुरुङ्ग र निवर्तमान  डिस्ट्रिक गभर्नर लायन्स धिरज गुरुङ्गले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मदन राईलाई हस्तान्तरण गरेका थिए ।
हरेक वर्ष आफ्नो श्रीमतीको नाममा सामाजिक कार्य गर्दै आइरहेको जगत वहादुर गुरुङ्गले कार्यक्रममा वताए । गर्मी मौसम सुरु भए संगै कक्षा कोठामा विद्यार्थीका लागि पंखाको अभाव भएको विद्यालयले केहि दिन अघि लायन्स क्लवलाई जानकारी गराएको थियोे । छोरि रेखा वाट थाहा पाएपछि यो पटक आफ्नो श्रीमतीको स्मृतिमा यस विद्यालयमा सहयोग गरेको गुरुङ्गले जानकारी दिए । यस विद्यालयलाई सहयोग गर्न पाउदा खुशी भएको गुरुङ्गले वताए । धरान पुतलि लाइन निवासी पुर्व ब्रीटिस सैनिक समेत रहेका गुरुङ्ग हाल युके वस्दै आएका छन ।
धरान १७ क्षितिज टोल स्थित श्री माविमा नर्सरी देखि कक्षा १० सम्म संचालन रहेको छ । केहि दिन अघि लायन्स क्लवले विद्यालयका विद्यार्थीहरुलाई एक हजार थान कापि र कलम समेत हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, विद्यालयका प्रधानध्यापक रवि भुजेल, लायन्स टंक गुरुङ्ग, लायन्स उमा ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।