धरान । काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाँजू श्रेष्ठले जानकारी दिए । माइक्रो सडकबाट करिब ७५ फिट तल खसेको छ । दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइक्रोमा चालकसहित जम्मा २० जना यात्रु सवार रहेका थिए ।थप विवरण आउन बाकी