स्वतन्त्र तथा साझा उम्मेदवार थेगिमले गरे मतदान



स्वतन्त्र तथा पहिचानवादीका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै गाउँ फाकफोकथुम -३ स्थित, सिंहदेवी मा.वि. शुक्रबारेको (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

बिहानको ७ बजे थेगिमले पहिलो मतदान गरि सुरुवात गरेका हुन् । २ वटा मतदान केन्द्र रहेको फाकफोकथुम ३ मा लक्ष्मीदेवी आधारभुत मा.वि. र सुर्के सिंहदेबी मा.वि. शुक्रबारेको क, ख गरि २ वटा मतदान केन्द्र रहेकोे छ।

इलामको क्षेत्र नं.२ मा कुल ७९ वटा मतदान केन्द्र  र १४९ वटा मतदान केन्द्र रहेको छ । उक्त सम्पुर्ण मतदान केन्द्रमा निर्वाचनको समय बिहानको ७ बजेदेखी साँझ ५ बजे सम्म निर्धारण गरिएको छ ।

इलाम २ मा ३ नगरपालिका र ३ गाउँपालिका गरि ६ स्थानीय तहका ४२ वडा रहेको छ । जस्मा इलाम नगरपालिकामा ११ वटा वडा रहेको छ भने देउमाई नगरपालिकामा ९ वटा , माई नगरपालिकामा ३ , फाकफोकथुम गाउँपालिकामा ७, चुलाचुली गाउँपालिकामा ६ र माङ्सेबुङमा ६ वडाहरु रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, इलामको तथ्यांक अनुसार यस क्षेत्रमा पर्ने इलाम नगरपालिकाका ११ वटा वडामा ३४ हजार ४५ मतदाता छन्।

माई नगरपालिकाका तीन वडामा आठ हजार ९६ मतदाता छन्। देउमाईमा २६ हजार ३६५, फाकफोकथुममा १६ हजार ३०२, माङसेबुङमा १२ हजार ५३६ र चुलाचुलीमा १८ हजार ५४५ मतदाता छन्। जसमा पुरुष ५९ हजार १८, महिला ५६ हजार ८६९ र तेस्रोलिंगी दुई गरी जम्मा एक लाख १५ हजार ८८९ मतदाता छन्।

यसपटक इलाम २ मा हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार  प्रतिष्पर्धामा रहेका छ्न् भने यो निर्वाचनले यतिबेला संसार भर रहेका नेपालीको ध्यान तानेको छ ।