काठमाण्डौं । बैशाख १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ ।
बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ ।उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक, एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर संसदभवनको ३ नम्बर गेट लगायतका बसपार्कहरुमा कोणसभाहरु गरिने संगठनले तयारी गरेकोछ ।
शनिबार कोटेश्वरमा आयोजित अगुवा भेलामा मे दिवसका लागि टि शर्ट सार्वजनिक गर्दै मे दिवसलाई प्रभावकारी बनाउन विविध कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।
मे दिवसको लोगो अंकित टि शर्ट संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्टका उपमहासचिव कमला तामाङ्ग, संगठनका उपाध्यक्षहरु नवराज घिमिरे, विष्णु लामा, महासचिव केशव थापा लगायतका नेताहरुले टि शर्ट लोकार्पण गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले प्रकाशन गरेको नयाँ वर्ष २०८१ सालको भित्ते पात्रो समेत सार्वजनिक गरिएको छ ।