किराती सस्कृतिहरुको गलत प्रयोगविरुद्ध सुनसरीमा साँस्कृतिक सचेतना अभियान सुरु




किराती सस्कृतिहरुको गलत प्रयोग र आइरहेको विचलनविरुद्ध सुनसरीमा सचेतना अभियान सुरु गर्ने भएको छ ।
किरात राई साँस्कृतिक कलाकार सघले किराती सस्कृतिहरुको गलत प्रयोग भइरहेको भन्दै सास्कृतिक सचेतना अभियान सुरु गर्न लागेको हो । गतवर्ष काठमार्डौबाट सुरु गरेको अभियान यस पटक सुनसरीसहित प्रदेश न १ भरीका सबै जिल्लाहरुमा अभियान सञ्चालन गर्ने कलाकार सघका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले बताए । कलाकार सघले नजिकै आइरहेको साकेला उभौलीलाई लक्षित गरेर सचेतना अभियानको सुरुवात गर्न लागेको उनको भनाई छ ।
‘सुनसरी जिल्लाभरी आयोजना हुने साकेला कार्यक्रमहरुमा पुगेर सचेतना जगाउने र्छौ, गलत प्रयोग भएको पाइयो भने सम्झाउर्छौ, बुझाउर्छौ । अध्यक्ष राईले भने ।
सघले मगलबार धरानमा पत्रकार सम्मेलन गर्दै किराती सस्कार सस्कृतिमा प्रयोगमा एक रुपता ल्याउन अभियान सञ्चालन गर्नु परेको अध्यक्ष राईले बताए । ‘किराती सस्कार अनुसार चिण्डो, फेटा लगायतको प्रयोग मुन्धुमी मान्यता, व्याख्या र दर्शनको आधारमा हुनुपर्छ ।‘ उनले भने ‘हामीमा यसको गलत प्रयोग भइरहेको पाएका र्छौ, यसले हामीमा विचलन ल्याइरहेको छ, यसको तत्कालै सच्याउनु पर्छ भनेर अभियान सञ्चालन गरेका हौ।‘
किराती शुद्धताको प्रतिक पवित्र चिण्डो ‘वावु‘लाई प्रयोग गर्दा खाली भुइमा राख्न नहुने, टेक्न नहुने, अपमान गर्न नहुने उनले बताए ।
‘प्रवित्र चिण्डोको प्रतिकलाई कतिपयले साडीको पारीमा प्रयोग गरेको भेटियो, यसले प्रवित्र चिण्डोको अपमान हुन्छ‘ उनले भने ‘चिण्डोको प्रतिक पोशाकमा कम्मरदेखी माथी मात्रै राख्नुपर्छ ।‘ किराती भेषभुषा, फेटा, ढोल झ्याम्टा, चिण्डो लगायतको प्रयोग बारेमा सचेतना गराउने सघले जनाएको छ । मौलिक बाजागाजा विभिन्न राजनीतिक दलहरुको कार्यक्रममा प्रयोग भइरहेको भन्र्दै यो कार्य नगर्न अध्यक्ष राईले अपिल समेत गरे ।
साकेला उधौली र उभौलीमा मौलिक भेषभुषा, साँस्कृतिक बाजागाजा, पगरी ‘फेटा‘, साकेला शिली, गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मुर्त र अमूर्त सस्कृतिहरुको गलत प्रयोग भइरहेको उनको भनाई थियो ।