बिकास चाम्लिङ राई,
धरान बास्केटवल संघले नवौ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई विहिवार बास्केटवल जर्सी प्रदान गरेको छ ।
धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गते देखि तीन हप्ते ट्रेनिङ्ग क्याम्प संपन्न भइरहेको छ । क्याम्पमा सहभागि ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको हात वाट जर्सी हस्तान्तरण गरिएको थियो ।
सहभागि विद्यार्थीहरुलाई प्रदेश मूख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा राष्ट्रिय खेलाडि डा. आशा राई, आस्था राई, चिरन्जिवि गिरि, युगल लिम्वु, निवा लिम्वु, पारुहाङ चेम्जोङ र साहिल श्रेष्ठले प्रशिक्षण गराइरहेको छ ।
वाह् वर्ष अघि देखि सुरुवात गरिएको नवौ क्याम्पमा एसइइ दिएर वसेका विद्यार्थी र बास्केटवल सिक्न चाहने विद्यार्थीहरुले सहभागिता जनाएको छ ।
बास्केटवल खेलाडि उत्पादन तथा व्यवसायीक रुपमा बिकास गर्नका लागि ट्यालेन्ट हन्टको अयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सवेदिले जानकारी गराए ।
क्याम्पमा सहभागि एसइइ दिएर वसेका उत्कृष्ट खेलाडिलाई संघले धरानको उत्कृष्ट कलेजमा छत्रवृतmका लागि सिफारिस गरि अवसर प्रदान गरिने सुवेदिले वताए । सुवेदिका अनुसार अहिले सम्म एक सय भन्दा वढि विद्यार्थीले संघको सिफारिसमा छात्रवृतिमा अध्यन गरिसकेको छ । कार्यक्रमका प्रमूख अतिथि मेयर हर्कराज राईले शिक्षा संगै अतिरिक्त क्रियाकलाप महत्वपुर्ण रहेको वताए । शिक्षा र खेलकुद अपरिहार्य रहेको उनले वताए ।
एकभारि कापिकिताव वोकाएर भन्दा पनि वालवालिकाको क्षमता र दक्षता हेरि त्यहि अनुरुप उनिहरुलाई शिक्षा दिइनु पर्ने शिक्षा निति प्रणाली वन्नु पर्ने उनले वताए ।
टयालेन्ट हन्ट प्रशिक्षण क्याम्प असार पहिलो हप्ता सम्म चल्नेछ ।